१८ चैत्र २०८२, बुधबार | April 1, 2026

सिरियामा कार बम विस्फोट : ६ जनाको मृत्यु १२ जना घाइते



एजेन्सी । सिरियाको उत्तरी शहर अफ्रिनमा भएको कार बम विष्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमबार भएको कार बम विस्फोटमा टर्की समर्थित एक विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको हो ।

टर्की समर्थक विद्रोहीहरूद्वारा आक्रमण हुने अन्य क्षेत्रहरू जस्तै अफ्रिनमा पनि हत्या, बम विस्फोट र गोली प्रहारका घटनाहरु बढ्दै गएका छन ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीच भागमा सर्वसाधारणको भिड लागेको क्षेत्रमा विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट गराइएको थियो ।

अब्जरभेटरीको रिपोर्ट अनुसार शहरको मध्य भागमा रहेको स्थानीय बजार र सेनाको पोस्ट नजिक जैस अल इस्लाम रिबेल ग्रुप नामक आतंकवादी समूहले कारबम विष्फोट गराएको हो । घटनास्थलमा दुई सर्वसाधारण र एक आतंकवादीको मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका थिए ।

अफ्रिनको स्थानीय प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जना युवकलाई गिरफ्तार गरेको फ्रान्स ट्वान्टी फोरले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : ३२ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा