७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सिरियामा कार बम विस्फोट : ६ जनाको मृत्यु १२ जना घाइते



एजेन्सी । सिरियाको उत्तरी शहर अफ्रिनमा भएको कार बम विष्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमबार भएको कार बम विस्फोटमा टर्की समर्थित एक विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको हो ।

टर्की समर्थक विद्रोहीहरूद्वारा आक्रमण हुने अन्य क्षेत्रहरू जस्तै अफ्रिनमा पनि हत्या, बम विस्फोट र गोली प्रहारका घटनाहरु बढ्दै गएका छन ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीच भागमा सर्वसाधारणको भिड लागेको क्षेत्रमा विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट गराइएको थियो ।

अब्जरभेटरीको रिपोर्ट अनुसार शहरको मध्य भागमा रहेको स्थानीय बजार र सेनाको पोस्ट नजिक जैस अल इस्लाम रिबेल ग्रुप नामक आतंकवादी समूहले कारबम विष्फोट गराएको हो । घटनास्थलमा दुई सर्वसाधारण र एक आतंकवादीको मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका थिए ।

अफ्रिनको स्थानीय प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जना युवकलाई गिरफ्तार गरेको फ्रान्स ट्वान्टी फोरले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : ३२ बजे

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि