७ बैशाख २०८३, सोमबार | April 20, 2026

विश्वकप फुटबल छनोट : जापानले अष्ट्रेलियालाई हरायो



काठमाडौं । कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार भएको खेलमा जापानले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवाती आठौं मिनेटमा आओ तानकाको गोलमा जापालने अग्रता लिएको थियो । दोस्रो हाफको ७० औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्कायो । एज्दिन हर्स्तितचले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि खेलको अन्तिमतीर गनेल गर्दै जापान विजयी बनेको हो । असानोको प्रहार पोस्टमा लागेर फर्केपछि अष्ट्रेलियाका अजिज बेहिचलाई लाग्दै आत्मघाती गोल भएको थियो ।

जितसँगै जापानको छनोट हुने सम्भावना बढेएको छ । ४ खेल खेलेको जापानको २ जित र २ हारसँगै मात्र ६ अंक छ । पहिलो खेलमा ओमानसँग १-० ले स्तब्ध जापानले दोस्रो खेलमा चीनलाई १-० ले हराएको थियो। गत साता साउदी अरेबियासँग १-० ले पराजित भएपछि जापान समस्यामा परेको थियो ।

यस्तै समूह बीमा रहेको अष्ट्रेलिया ४ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ। साउदी अरेबियाको ३ खेलमा ९ अंक छ । जापान ६ अंकसहित तेस्रो स्थानमा छ । ३ खेलमा ३ अंक जोडेका ओमान र चीनले जापानलाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ०५ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै