२५ चैत्र २०८२, बुधबार | April 8, 2026

मुगु बस दुर्घटनाको खबरले माओवादी अध्यक्ष प्रचण्ड मर्माहत



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा हालै भएको सडक दुर्घटनाबाट स्तब्ध भएको जनाएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै विजयादशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटनाले सबैलाई स्तब्ध बनाएको जनाएका छन् । प्रचण्डले मुगु लगायत कास्की र अछाममा भएका दुर्घटनाबाट आफु मर्महत भएको जनाउँदै दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रचण्डले सडकको दुरावस्था,सवारीको चाप, सक्षम जनशत्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा नेपालमा दिनदिनै सवारी दुर्घटना बढेको जिकिर गरेका छन् । उनले यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन आग्रह गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : २३ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क