२५ चैत्र २०८२, बुधबार | April 8, 2026

सप्तरीमा माइक्रोबस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु



सप्तरी । सप्तरीको राजविराज–हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक आज माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

राजविराजबाट विराटनगर जादै गरेको ना १ ज ७४१८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आइरहेको स २ प ३४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने १६ वर्षका संम्रिधकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते उनलाई उपचारको लागि विराटनगरतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने २२ वर्षको अरविन खङ्ग घाइते भएका छन् । उनको राजविराजस्थित गजेन्द्र नारायण सिँ अस्पतालामा उपचार भइरहेको छ ।

मोटरसाइकल र माईक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको र घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ०६ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क