५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लोकगायक बम बहादुर कार्की र गायीका शिवा आले बस चढेर दशैं मनाउन गुल्मी जाने (भिडियो सहित)



नेपालगन्ज । मौलिक लोक भाका संकलनमा अब्बल सर्जक मानिएका लोकगायक बमबहादुर कार्की दम्पत्ती यस वर्षको दशैं मनाउन सार्वजनिक बस चढेर गुल्मी पुग्ने भएका छन् । कहिलेकाहीँ गृह जिल्ला गुल्मी पुग्दा निजी सवारीमा गुल्मी पुग्ने गरेपनि यस वर्ष भने कार्की दम्पत्ती गीतको भाकामा यस वर्ष बस चढेर दशै मनाउन गुल्मी पुग्ने भएका हुन् ।

दशैंमा शहरहरुबाट दशैं मनाउन गुल्मी फकँदै गरेका गुल्मेलीहरुलाई लक्षित गर्दै बमबहादुर कार्कीले अहिलेको दशैंमा सररर गूल्मीको दशैंमा भाकाको लोक भाका बजारमा ल्याएका छन् । युट्युव मार्फत नयाँ सिर्जना गरेको लोकभाकामा पनि अन्य म्यजिक भिडियोमा जस्तै मौलिक भाका र मौलिकता झल्कने दृष्यहरु समावेश गरिएको छ । दशैंमा गाँउमा हुने रौनकता र शहर बसेर गाँउ फकँदा स्थानीयले लिने आनन्दलाई दृष्य र भाकामा समेटिएको छ ।

सरल भाकामा तयार पारिएको गीतमा ऋतुहरुको वर्णान देखि मालचरीको महिमा सम्म र पहाडबाट देखिने हिमचुली देखि डाँफे मुनाल सम्मको वर्णन गरिएको छ । गीत तथा म्युजिक भिडियो सार्वजनिक पछि खबरकुरासँग कुरा गर्दै सर्जक बमबहादुर कार्कीले लामो समय स्वदेश र विदेशमा बसेका नेपालीहरु घरगाँउमा फर्कँदा अनुभुति गर्ने मनोभावलाई गीत मार्फत प्रकट गर्न खोजिएको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : २२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं