२४ बैशाख २०८१, सोमबार | May 6, 2024

लोकगायक बम बहादुर कार्की र गायीका शिवा आले बस चढेर दशैं मनाउन गुल्मी जाने (भिडियो सहित)



नेपालगन्ज । मौलिक लोक भाका संकलनमा अब्बल सर्जक मानिएका लोकगायक बमबहादुर कार्की दम्पत्ती यस वर्षको दशैं मनाउन सार्वजनिक बस चढेर गुल्मी पुग्ने भएका छन् । कहिलेकाहीँ गृह जिल्ला गुल्मी पुग्दा निजी सवारीमा गुल्मी पुग्ने गरेपनि यस वर्ष भने कार्की दम्पत्ती गीतको भाकामा यस वर्ष बस चढेर दशै मनाउन गुल्मी पुग्ने भएका हुन् ।

दशैंमा शहरहरुबाट दशैं मनाउन गुल्मी फकँदै गरेका गुल्मेलीहरुलाई लक्षित गर्दै बमबहादुर कार्कीले अहिलेको दशैंमा सररर गूल्मीको दशैंमा भाकाको लोक भाका बजारमा ल्याएका छन् । युट्युव मार्फत नयाँ सिर्जना गरेको लोकभाकामा पनि अन्य म्यजिक भिडियोमा जस्तै मौलिक भाका र मौलिकता झल्कने दृष्यहरु समावेश गरिएको छ । दशैंमा गाँउमा हुने रौनकता र शहर बसेर गाँउ फकँदा स्थानीयले लिने आनन्दलाई दृष्य र भाकामा समेटिएको छ ।

सरल भाकामा तयार पारिएको गीतमा ऋतुहरुको वर्णान देखि मालचरीको महिमा सम्म र पहाडबाट देखिने हिमचुली देखि डाँफे मुनाल सम्मको वर्णन गरिएको छ । गीत तथा म्युजिक भिडियो सार्वजनिक पछि खबरकुरासँग कुरा गर्दै सर्जक बमबहादुर कार्कीले लामो समय स्वदेश र विदेशमा बसेका नेपालीहरु घरगाँउमा फर्कँदा अनुभुति गर्ने मनोभावलाई गीत मार्फत प्रकट गर्न खोजिएको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : २२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,