३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

साफ च्याम्पियनसिप : फाइनलमा नेपाल र भारत भिड्ने



काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि नेपाल र भारत भिड्ने भएका छन् ।

बुधबार भएको दोस्रो खेलमा भारतले आयोजक माल्दिभ्सलाई ३-१ को नतिजा निकाल्दै अन्तिम दुईको यात्रा तय गरेपछि नेपालसँग भेट पक्का भएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्रीले २ तथा मनवीर सिंहले एक गोल गरे भने माल्दिभ्सका अलि अश्फाकले एक पेनाल्टी गोल गरेका थिए ।

भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । भारतले यसअघि नेपाललाई १-० ले पराजित गरेको थियो भने श्रीलंका र बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

बुधबार जारी लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको बंगलादेशसँग १-१को बराबरी खेलेर नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि होडमा पुगेको थियो । नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो ।

यो नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।

फाइनल खेल आगामी शनिबार राति हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : ३४ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका