२० असार २०८३, शनिबार | July 4, 2026

खुल्यो बागलुङ अमलाचौरको कालभैरव मन्दिर, भक्तजनको घुइँचो



बागलुङ । नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ । यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत दर्शनार्थी आएका छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले बलेवाका कालभैरवको दर्शन गर्न आउने गर्दछन् ।

अघिल्ला दुई वर्ष कोरोना महामारीले सुनसान जस्तै बनेको बागलुङ नगरपालिका– १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरव मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल बढेको यस मन्दिरको व्यवस्थापन गुठीले जनाएको छ । बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष गुरुदत्त पाठकले दुई वर्षपछि मन्दिर खुलेकाले यस वर्ष यहाँका स्थानीय तथा अन्य दर्शनार्थी खुसी भएको बताए ।

यहाँ विशेषगरी नवरात्रको सुरुआतदेखि मन्दिरमा दर्शनार्थी पुग्ने गर्छन् । यहाँ नवमीको दिन मात्रै पाँच हजार धेरै दर्शनार्थीले पूजाआजा गरेका छन् । बलि र साधारण दुवै पूजाका लागि यहाँ दर्शनार्थी पुगेका हुन् । बलेवा कोटको पूजा र कालभैरवको दर्शनका लागि पुग्नेहरुको सङ्ख्या उल्लेख्य रहेको स्थानीयवासी राम पाठकले बताए ।

तत्कालीन बलेवा कोट अन्तर्गतका हालका ६ वटा वडाका अधिकांश सर्वसाधारण नवमीकै दिन बलेवा कालभैरवको मन्दिर दर्शनका लागि पुग्ने गरेका हुन् । “हाम्रो पूजाआजा र भेटघाट गर्ने थलो हो भैरवस्थान, पुराना साथीभाइ र इष्टमित्र भेटघाट यहीँ हुन्छ वर्षमा एक पटक,” बलेवाका इन्जिनियर विनोद शर्माले भने । यहाँ दसैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने चामलको पीठोको रोट तथा नरिवल भैरवलाई प्रसादस्वरुप चढाउने प्रचलन छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र कालभैरव मन्दिर पुग्ने सडक निर्माण भएपछि पहिलेको भन्दा धेरै दर्शनार्थी यहाँ पुग्ने गरेको स्थानीयवासीको अनुभव छ । मन्दिर परिसरको व्यवस्थापन, बलि र रोटको राम्रो व्यवस्थापन गरिएकाले पनि दर्शनार्थीले सहजै यहाँ पूजाआजा गर्न सक्छन् । ध्वजाले पुरिएको कालभैरवको मूर्ति देख्न पाइँदैन । गुप्त रहेको मूर्तिमा पूजाआजा गर्दा भाकल गरेको सबै प्राप्ति हुने जनविश्वास छ ।

यस्तै बागलुङ कालिका भगवती मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भीड नियन्त्रणका लागि गुठी व्यवस्थापन समितिले स्वयंसेवक परिचालन गरेको छ ।

बलेवा कोटअन्तर्गतका वडाहरुमा नयाँ धानको चामल खाने र नयाँ धान काट्न सुरु गर्ने शुभ दिनसमेत तोकिएको छ । हरेक वर्ष नवमीका दिन बलेवा क्षेत्रका ज्योतिष तथा पण्डितहरुको भेला बलेवा कोटमा बसेर नयाँ चामल खाने (न्वागी) तथा धान काट्ने उत्तम साइत (पुली लिने) दिन तोक्ने प्रचलन छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  १ : ३६ बजे

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान