१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कर्णाली प्रदेशको स्थानीयतहमा कार्यरत इन्जिनियरहरुलाई प्रकृतिमा आधारीत योजनाहरुको डिजाइन तालिम प्रदान



सुर्खेत । कर्णाली प्रदेश अन्तर्गन बिभिन्न पालिकाका इन्जिनियरहरुलाई मुल्य सार्थकता ब्यवस्थापन सुचना प्रणाली सोलिस्टिकको अभिमुखिकरण तालिम प्रदान गरिएको छ । उनीहरुलाई बहुउपयोगी तथा प्रकृतिमा आधारीत योजनाहरुको डिजाइनलाई जिआइएस प्रबिधि वातावरण सम्बन्धि तालिम प्रदान गरिएको हो । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको प्राबिधिक सहायता सस्था मोटम्याकडोनाल्ड लिमिटेडले कर्णाली प्रदेशका गाउपालिका तथा नगरपालिकामा कार्यरत इन्जिनियरहरुलाई तालिम प्रदान गरेको थियो । ६ दिन सम्म प्रदेश राजधानी सुर्खेतमा संचालन भएको तालिममा नगरपालिका तथा गाउपालिकामा कार्यरत ४ महिला र १८ पुरुष प्राविधिकहरुको सहभागीता रहेको नेपाल जलबायु परिबर्तन सहयोग कार्यक्रमका सिनियर  इन्जिनियर निराजन श्रेष्ठले जानकारी दिए ।

तालिममा जलबायु परिवर्तनले पारेको कारण सिर्जित समस्या लाई वातावरण मैत्री उत्थानसिल योजना कसरी बनाउन सकिन्छ ? र मूल्य सार्थकताका हिसाबले स्थानीय अनुकुलन कार्य योजना बमोजिम एनसिसिपि कार्यरत स्थानीय निकायले प्रभावकारी कार्यन्वयन कसरी गर्ने ? भन्ने विषयमा तालिम दिईएको थियो । आगामी दिनमा स्थानीय सरकारले जलवायु परिबर्तन उत्थानसिल योजना लाई मुलप्रवाहिकरण गरी दिर्घकालिन योजना निर्माण अघि बढाउनु पर्ने भएकाले पालिकाका प्राविधिकहरुलाई दक्ष बनाउन तालिम दिइएको सिनियर  इन्जिजियर श्रेष्ठले बताए ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको दोश्रो चरण, कर्णाली प्रदेशको २४ स्थानीय निकायमा सञ्चालनमा रहेको छ भने २ वटा सुदुरपश्चिमका स्थानीय तहमा पनि सञ्चालित छन् । यसै वर्षदेखि लुम्बिनि प्रदेशको राजापुर नगरपालिका र गढबा गाउपालिका , रोल्पाको थवांग गाउपालिका र सुदुरपश्चिमको टिकापुर नगरपालिकामा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको श्रेष्ठले दाबी गरे ।

तालिमको समापन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सहभागीहरुले प्रशिक्षणमा पाएको ज्ञानलाई आफ्नो पेशागत जीवनमा धेरै प्रभावकारी र फलदायी बनाउन सक्ने बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  २ : ०३ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना