४ पुस २०८२, शुक्रबार | December 19, 2025

वर्तमान सरकार ‘वार्टर सिस्टम’बाट बनेको प्रष्ट भयो : केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लेनदेनका आधारमा बनेको आरोप लगाएका छन् ।

दश्रं मनाउन गृह जिल्ला झापा पुगेर चियापान कार्यक्रम गरेका ओलीले आमन्त्रितहरुलाई सम्बोधन गर्दै गजेन्द्र हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट पारेको बताए ।

“यो सरकार वार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो ।’ उनले भने,- ‘पैसाको कारोबार भयो भएन थाहा छैन, वार्टर सिस्टमचाहिँ यसपटक देखियो ।’

ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सुमति दिने कामना गरे । आफ्नो भाषणको सुरूआतमा उनले आज दसैँको शुभकामनामात्रै दिने र कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।

शेरबहादुर देउवाले सांसद नरहेका बाँकेका काँग्रेस कार्यकर्ता गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भएपछि हमालले राजीनामा दिएका थिए ।

भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : ३० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज