१३ भदौ २०८३, शनिबार | August 29, 2026

संविधानविपरीत बनेको सरकारले तत्काल राजीनामा दिनुपर्छ : ओली

बाराका एसपी हेटक्वाटर तानेकोमा जनाए आपत्ति



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधानले उचित ठहर गर्न नसक्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी सभामा बोल्दै उनले वर्तमान सरकार हिंसा र तोडफोडको परिणामस्वरूप बनेको आरोप लगाए।

ओलीले सरकारको संवैधानिक परीक्षण आवश्यक रहेको उल्लेख गर्दै भने, “संविधानले यो सरकारलाई मान्यता दिन सक्दैन। कानुन र कोटका आधारमा यसको उचित ठहरिने ठाउँ नै छैन।” उनले लोकतान्त्रिक विधि र प्रक्रियाको पालना नगरी सरकार निर्माण गरिएको दाबी गरे।

संविधानविपरीत गठन भएको भन्दै उनले तत्काल राजीनामाको माग राखे। साथै, राष्ट्रपतिलाई उदृध गर्दै भने, “राष्ट्रपतिज्यू, जेनजीको माग भन्दै यो सरकार नियुक्त गर्नुभयो, अब त्यसैको आधारमा यो सरकार हटाउनुहोस्।”

ओलीले बाराका एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको निर्णयप्रति पनि कडा आपत्ति जनाए। बारामा जेनजी युवा र एमाले कार्यकर्ताबीच भएको झडपपछि मात्र तामाङलाई जिम्मेवारीबाट हटाइएको थियो।

यसबारे प्रश्न उठाउँदै ओलीले भने, “के अब प्रहरी पनि जेनजीकै पक्षधर भएर प्रस्तुत हुनुपर्ने हो ?” सरकारको यस्तो कार्यप्रति उनले ‘तमासा’ शब्द प्रयोग गर्दै आलोचना गरे।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ५६ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको