१८ चैत्र २०८२, बुधबार | April 1, 2026

गुल्मीमा जिप दुर्घटना तीन जनाको मृत्यु, ६ जना घाइते



गुल्मी । गुल्मीको रेसुंगा नगरपलिका-१० स्थित पाँचरातेमा गएराती जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा मुसिकोट नगरपालिका-२ जलजले का ७२ बर्षीय क्षेत्रबहादुर थापा, मुसिकोट नगरपालिका २ जलजलेका ४५ बर्षीया राधिका थापा र मुसिकोट नपा ३ चुदरीगाउँका १९ बर्षीया संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा ६ जना घाइते छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा मुसिकोट नगरपालिका ३ चुदारीगाउँका ४७ वर्षीया सुमित्रा सुनार, मुसिकोट नगरपालिका २ जलजले बस्ने ३८ बर्षीया जुना थापा र भरतपुर उपमहानगरपालिकी ५० बर्षीया राधा केसी गम्भीर घाइते छन् । उनीहरुको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको भट्टराईले बताए ।

त्यस्तै मुसिकोट नगरपालिका २ जलजलेकी ४३ बर्षीया खिमा थापा, मुसिकोट नगरपालिका २ जलजलेका गाडी चालक २६ बर्षीय कमल थापा र मुसिकोट नपा २ जलजलेका ३६ बर्षीय राजु थापा सामान्य घाइते भएका छन् । घाइतेको गुल्मी अस्पताल र पाल्पाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । घाइतेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ४३ बजे

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको