१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

दशैँले नेपालीको मुहारमा खुसी ल्याउन सकोस् : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

बडादशैँको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरूलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।”

प्रधानमन्त्री देउवाले कोभिड-१९ नियन्त्रणका उपायहरूलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दशैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरेका छन् । “यस समयमा बडादशैँ पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरूलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरकार रूपमा मनाउन म सम्पूर्ण नेपालीमा विशेष अनुरोध गर्न चाहन्छु”, सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा हरेक वर्ष मनाइने महान पर्व दशैँको मुख्य दिन विजयादशमीको सुखद् उपलध्यक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

साथै उनले दशैँ पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् र राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ५५ बजे

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा