१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेपाल-भारत सुरक्षा बैठक : कपिलवस्तुको दुर्गा विसर्जनमा अप्रिय घटना हुन नदिन २४ घण्टा सीमा बन्द



काठमाडौं । भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक सम्पन्न भएको छ । जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेका थिए ।

बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा सम्पन्न इण्डो(नेपाल जोइन्ट बोर्डर कोर्डिनेसन मिटिङमा २४ घण्टा सीमा बन्द गर्ने निर्णय भएको छ ।

बडादशैँ ‘दशहरा’को अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार ‘आज’ र शनिबार ‘भोलि’ गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण गर्ने सहमति भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार सीमा क्षेत्रमा मदिरा विक्रीवितरणमा रोक लगाउने विषयमा छलफल भई समझदारी भएको छ ।

बैठकमा सीमा अपराध, लागुऔषध ओसारपसार, अवैध हातहतियारको ओसारपसार, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई विशालु औषधि खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रणलगायतका विषयमा अनौपचारिक छलफल भएको प्रहरीले जनाएको छ ।

बैठकमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी पाण्डेसहित प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल २८ नं गण हेडक्वाटरका प्रमुख स.प्र.उ ध्रुवबहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तु प्रमुख उपअनुसन्धान निर्देशक योगेन्द्र केसी सहभागी थिए ।

त्यसैगरी भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम मिणासहित एसपी यशवीर सिंह, एसएसबी कमाण्डेन्ट अमित सिंहलगायत भारतीय सीमावर्ती प्रहरी प्रमुखहरु सहभागी थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : १८ बजे

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको