१८ चैत्र २०८२, बुधबार | April 1, 2026

यसरी राखिन्छ समुद्री आँधीको नाम



न्युयोर्क । समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं ठाडो हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् ।

आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् । आज यहाँ आँधीले पु-याउने क्षति भन्दा पनि आँधीको नाम कसरी राखिन्छ भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।

आँधीको पहिचान, त्यसले पु-याउने क्षति र निश्चित आँधीसँग सम्बन्धित विषय सम्झनाका लागि लामो समयदेखि यसको नामाकरण गर्ने अभ्यास छ । आँधीको नामकरण गर्दा निश्चित साइक्लोनबारे रिपोर्ट गर्न र समुदायलाई तयार हुन सजिलो हुने विज्ञहरू बताउँछन् । यति आक्षांश र देशान्तरमा यसरी हावाहुरी आउँदैछ भन्नु भन्दा पनि त्यसलाई निश्चित नामले सम्बोधन गर्दा सहज हुन्छ ।

सुरूवाती दिनमा आँधीको नाम जथाभावी राखिन्थ्यो । सन् १९५० को मध्येदेखि आँधीको नाम राख्ने प्रचलन सुरू भएको हो । सुरूमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो । विस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको बर्णअनुसार नाम राख्न थाले ।

जस्तै पहिलो पटक आउने आँधीको नाम ए बाट राख्न थालियो । अर्को पटक आउने आँधीलाई बीबाट नामाकरण गरियो । यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन् । र, ती सेन्टर विश्व जलवायु संगठन (डब्लुएमओ ) को अन्तराष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन् ।

सन् १९७९ पछि पहिलो पटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो । सामान्यतया आँधीका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ । तसर्थ, सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुनः राखिन्छ ।

तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिदैन् । त्यसको सट्टामा अर्को नाम रहन्छ । विनाशकारी आँधी आएमा डब्लुएमओ को ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक वैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ ।

आँधीका कुख्यात नाम जस्तै म्याङहट (सन् २०१८ मा फिलिपिन्समा), इर्मा एन्ड म्यारिया (सन् २०१७ मा क्यारिवियनमा), हायन (सन् २०१३ मा फिलिपिन्समा), स्यान्डी (सन् २०१२ मा अमेरिकामा ) क्याट्रिना (सन् २००५ मा अमेरिकामा) , मिच (सन् १९९८ मा होन्डुरसमा) र ट्रेसी (सन् १९४७ मा डार्विनमा ) को नाम सूचीबाट हटाइएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ४० बजे

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको

नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज ७४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी प्रयासविरुद्ध १४ संगठनको संयुक्त विरोध

काठमाडौं । विद्यार्थी संगठनहरु खारेज गर्ने र विश्वविद्यालयबाट विद्यार्थी संगठनहरूलाई