४ असार २०८३, बिहिबार | June 19, 2026

कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले जित्यो युकेको उत्कृष्ट फार्मेसी अवार्ड



लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ ।

युके, दुबई, तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेका द कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरी अन्तर्गत अवार्ड जित्न सफल भएको हो ।

नेपालमा लामो समयदेखि द कँडेल ग्रुपको ब्रिटिस कलेजले गुणस्तीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

शोभा शर्मा कँडेल, उलविच लेट नाइट फार्मेसीकी सिनियर क्लिनिकल फर्मासिष्ट र सुपरीडेण्डेन्ट जिगनेश मेहताले संयुक्त रुपमा अवार्ड लिएका थिए ।
यो प्रतिष्ठित अवार्डले युकेमा साना तथा स्वतन्त्र फार्मेसीहरु जसको १२ वा सोभन्दा कम ब्रान्चहरु छन् तिनीहरुले गरेको उत्कृष्ट कामको मुल्यांकन गरेको छ ।

उक्त अवार्डका लागि उलविच लेट नाइट फार्मेसी छनोट हुनु नै गर्वको कुरा भएको द कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले बताए ।
फार्मेसीका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले भने, “यो अवार्ड पाउँदा अन्यन्त खुसी भएका छौँ । यो फार्मेसी टिमले गरेको कडा मेहनतको नतिजा नै हो । हामीले भर्खरै हाम्रो चौथो फार्मेसी लण्डनमा विस्तार गरेका छौँ ।

यो अवार्डले स्थानीय समुदायको सहयोग गर्न थप प्रोत्साहन गरेको छ । उलविच लेट नाइट फार्मेसीले गरेको कामको कदर गर्दै अवार्डबाट सम्मानित गरेकोमा धन्यवाद दिन चाहन्छु ।”

उनले अगाडि भनेका छन्, “यस वर्षको अवार्डले कोरोना महारमाीका बेला एनएचएसमा रहेका फार्मेसीले गरेको भुमिकालाई समेत प्रष्ट पारेको छ ।”
यो सफलतासँगै द कँडेल ग्रुपले फार्मेसी सेवा नेपालमा पनि विस्तार गर्ने योजना बनाएको र स्थानिय समुदायलाई कसरी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल उनले बताए ।

उक्त अवार्डबारे उद्योग विशेषज्ञहरुको एक प्यानेलले युकेको संसदमा छलफल गरी निर्णय गरेका थिए । उक्त छलफलका प्रमुख वक्तामा कम्युनिटी फार्मेसी स्कटल्याण्डका प्रमुख कार्यकारी ह्यारी म्याकक्युललान रहेका थिए । उनले फार्मेसिष्टहरुले महामारीका बीच पनि विभिन्न चुनौतीसँग सामना गरी व्यवसायिक धर्म निभाएको भुमिकाबारे चर्चा गरेका थिए ।

कोरोना महामारीका समयमा पनि तीन नयाँ सर्भिस (प्राइभेट कोभिड पिसिआर जाँच सर्भिस, एनएसएस होटेल क्वारेन्टाइन र एनएचएस कोभिड भ्याक्सिनेशन क्लिनिक) उपलब्ध गराएको उलविच फार्मेसीलाई निर्णायकहरुले अवार्डका लागि छनोट गरेका थिए । हालसम्म उलविच फार्मेसीले ३५ हजारभन्दा बढीलाई अष्ट्राजेनका, मोर्डना र फाइजर लगाएको छ ।

निर्णायकहरुले मुख्य रुपमा होटेल क्वारेटाइन सुविधाबारे चासो देखाएका थिए जसमा फार्मेसी, ग्रिनविच सिसिजि र स्थानीय जिपीको सहकार्यमा गरिएको प्रयास रहेको थियो ।

उलविच लेट नाइट फार्मेसीले उक्त कठिन समयमा पनि बिरामीहरुलाई औषधि सप्लाई गर्ने काम गरेका थियो जसमा ६०० जना अफगानिस्तानी शरणार्थीहरु पनि रहेका थिए जसलाई औषधि र आवश्यक सप्लाईहरु तत्काल चाहिएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : ५३ बजे

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी

नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि