२९ मंसिर २०८२, सोमबार | December 15, 2025

साफको उपविजेता नेपाली फुटबल टोली आज स्वदेश फर्कँदै



काठमाडौं । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आइपुग्ने भएको छ ।

नेपाली टिम बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : २२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार