१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज



काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । खेल आज ४ बजेर ४५ मिनेटमा दशरथ रंगशालामा हुने छ । खेलमा दर्शकले मैदान प्रवेशको अनमुति पाउने छन् ।

सरकारले जारी गरेको स्वास्थ्य मादण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दोस्रो खेल माघ १८ गते हुने तय भएको छ । एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रतिव्यक्ति ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकटको व्यवस्था गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मरिससविरुद्ध खेल अनुभव बटुल्ने अवसर भएको बताएका छन् । दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अघि शुक्रबार आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै चेम्जोङले मरिसविरुद्धको खेललाई केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसरको रुपमा लिएको बताए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई अलगअलग टोलीको घोषणा बुधबार नै गरेका थिए । किरणसहित १२ खेलाडी दुवै टोलीमा छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसअघि नै मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका थिए ।  सधैं झै हरेक खेलमा जित हात पारे खेलाडीहरु प्रशंसाको हकदार हुनेछन् । हारे त्यसको दोष केवल ममाथि मात्रै हुनेछ । हाम्रो उदेश्य भनेको खेलाडीहरुमाथि कुनै प्रकारको क्रुरता नदेखाइयोस्,’ अल्मुताइरीले भनेका थिए । मरिससमा प्रशिक्षक टोनी फ्रान्कोइसले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको बताउँदै राम्रो प्रदर्शन गर्ने बताए ।

‘४५ दिनको मात्र तयारी गरेका छौं । हाम्रो चार खेलाडी कोरोना संक्रमित भएर आइसोलेशनमा हुँदा अलिक फरक पर्छ । तर, नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने छौं,’ उनले भने । गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीले आगामी जुन महिनामा एसिया कप छनोटको तेस्रो चरण खेल्दैछ । त्यसको तयारीस्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिगलाई बीचमै रोकेर दुई मैत्रिपूर्ण खेल आयोजना गरेको हो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ४१ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता