३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

दशैँलगत्तै आन्तरिक पर्यटकले म्याग्दीका होटल तथा लज भरिभराउ



म्याग्दी । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।

होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दशैंलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । “देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्”, उनले भने, “दुई वर्षपछि यति धेरै सङ्ख्यामा पाहुना आएका हुन् ।”

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ-तातोपानी, दाना, घोरेपानी, सिङ्गा तातोपानीका होटल आन्तरिक पर्यटकले भरिभराउ बनेका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी संघका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । बेनीका होटलमा पाहुना राख्न नसकेपछि बागलुङ र कुश्मामा पठाएको व्यवसायीले बताएका छन् ।

बडादशैंको टीकाको भोलिपल्टदेखि काठमाडौं, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढेको बताए ।

पछिल्लो दुई दिनयता दैनिक ५०० बढी सवारी साधन बेनी-जोमसोम सडकमा आवतजावत गरिरहेका उनले बताए । यसअघि दैनिक १०० देखि १५० सवारी साधन आवतजावत गर्दथे । पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्ने मुस्ताङ घुम्न आएका अन्नपूर्ण गाउँपालिका-२ भुरुङ-तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले बताए ।

करिब दुई बर्षपछि पाहुनाको आगमन हुन थालेपछि थला परेका होटल तथा रेष्टुराँ व्यवसायीले राहतको महसुस गरेका छन् । पर्यटकीय क्षेत्र खुलाउनुअघि सम्बन्धित पालिकाले स्थानीयवासीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएका थिए । भैरहवाबाट मुस्ताङ घुम्नका लागि परिवारसहित आउनुभएका अनिल रुङगाटाले लामो समयपछि भएको भ्रमणले ‘रिफ्रेस’ बनाएको प्रतिक्रिया दिए । गत भदौ २३ गतेदेखि मुस्ताङ र गत असोज १ गतेदेखि जिल्लाका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइएको थियो ।

मुस्ताङ जाने आउने सवारी साधनको चाप बढेसँगै बेनी-जोमसोम सडकमा जाम हुन थालेको छ । अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा सडक भासिदाँ साँघुरिएको सडकमा एकतर्फी सडकमा गाडी फस्दा आवतजावत प्रभावित हुने गरेको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीले फसेका सवारी साधन निकाल्ने र नियमित आवतजावतका लागि सडक मर्मतलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : ०१ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर