२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सुकाएको खर पानीले कुहिएपछि किसान मर्कामा



बैतडी । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण बैतडीका किसानले काटेर सुकाएको खर बिग्रिएको छ । आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन काटेर सुकाएको खर वर्षाका कारण बिग्रिएको हो ।

वर्षका कारण काँचो खर कुहिन थालेको सुर्नया गाउँपालिका-४ जोगेनीका हरिना महराले बताइन् । १५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउदैँ बिग्रिएको उनले बताइन् । खर कुहिन थालेपछि पशुचौपायालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

सुर्नया गाउँपालिकाको धौलपौरी, जयसिया, मल्ली ओरड, धरमपानी, सउड, घेर, फुलधारा, दुले, रौलालगायतका ठाउँमा काटेर सुकाएको खर बिग्रिएको स्थानिय गणेश भट्टले बताए । काटेर सुकाएको खरमा पानि परेपछि कुहिन्छ ।

अहिले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो छ । आगामी हिउँदमा पशु चौपायालाई खुवाउन किसानहरु अहिले खर काटेर सुकाउने गर्दछन् । खरको थुप्रो बनाउन नपाउदैँ फिजाएर राखेको खरमा पानी परेपछि कालो भएर सड्ने गर्दछ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ११ : ११ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का