६ पुस २०८२, आइतबार | December 21, 2025

कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा



धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ ।

खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली नदीमा पनि पानीको बहाब उच्च रहेको सञ्चार टोलीले जनाएको छ ।

यसैगरी लगातारको वर्षाका कारण कैलालीको पहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको छ । कैलालीको फल्टुडेस्थित भीमदत्त राजमार्गमा पहिरो जाँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात प्रभावित बनेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको कैलाली प्रहरी प्रवक्ता डीसएसपी प्रतीक बिष्टले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ३९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा