२१ माघ २०८२, बुधबार | February 4, 2026

तिलोत्तामाकी सिता भण्डारी मृत्यु प्रकरण ४६ दिन पछि सकियो, रकम बुझेर सिताको शवको दाहसंस्कार गरियो



बुटवल । रुपन्देहीको तिलोत्तामामा भएको सीता भण्डारी पौडेल मृत्यु प्रकरणको आन्दोलन ४६ दिन पछि सकिएको छ । क्षतिपुर्ती स्वरुप मृतक सिताका घरपक्षबाट ११ लाख रुपैयाँ बुझेपछि माइती पक्ष सहितका आफन्तले गर्दै आएको आन्दोलन स्थगित गरेर शवको दाहसंस्कार गरेका छन् ।

गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सीता भण्डारी पौडेलको आत्महत्या हो कि हत्या भन्ने विवाद लम्बिँदा डेढ महिना देखि माईती पक्षबाट आन्दोलन गरिँदै आएको थियो । मृतक सिताको शव समेत नबुझेर आन्दोलन गरिरहेका उनीहरुले आज ११ लाखको चेक बुझेर अन्त्यष्टि गर्न सहमत भएका छन् ।

तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा बुधबार अन्त्येष्टि गरिएको रुपन्देही प्रहरीले जनाएको छ । विवाह गर्दा लागेको खर्च र पारिवारिक सहमति भएका बेला लेनदेन भएको १ लाख समेत ११ लाख रुपैयाँको चेक माइती पक्षले बुझेको बताईएको छ ।

आन्दोलनमा तिलोत्तामामा धेरै स्थानीय अगुवाहरुको समेत सहभागीता रहेपनि सम्झौता गर्दा उनीहरुलाई थाहा नदिई शव बुझ्ने र आन्दोलन स्थगित गर्ने काम भएको नाम नबताउने शर्तमा एक स्थानीयले बताए । गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी सीताको हत्या भएको भन्दै माइतीपक्षले याचना गरेपछि तिलोत्तामाका सामाजिक अगुवाहरुले ‘जस्टिस फर सीता भण्डारी’ भन्ने अभियान सञ्चालन गरेर आन्दोलन चलाएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा सीताको मोबाइलबाट ‘…….मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो। म सकिनँ बाँच्न’ भनी लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले बताएको थियो ।

मृतकका बुवा हरिप्रसाद भण्डारीले जाहेरी दिएपछि सीताका श्रीमान टीका पौडेल आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेल आत्महत्या दुरूत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन् । २७ वर्षीया सीता आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३७ बजे

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको