८ बैशाख २०८१, शनिबार | April 20, 2024

तिलोत्तमाकी २७ वर्षिया सिता भण्डारी पाैडेल मृत्यु प्रकरण : श्रीमान र अमाजु प्रहरी हिरासतमा



बुटवल । भाद्र २० गते मृत भेटिएकी रुपन्देही तिलोत्तमाकी सिता भण्डारी पौडेलको मृत्यू सम्बन्धमा आत्महत्या दुरुत्साहन मुद्धामा २ जना माथि अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जनाएको छ । मृतक भण्डारीकी श्रीमान टिका पौडेल र अमाजु नाता पर्ने विष्णु पौडेललाई हिरासतमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रहरीले प्रकाशन गरेको विज्ञप्तिमा २७ वर्षिया भण्डारीको पासो लगाएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएपनि मृतकको बुवा हरि भण्डारीले मृत्युलाई दुरुत्साहनको आरोप सहित जाहेरी परेपछि श्रीमान र अमाजुलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको उल्लेख गरिएको छ ।

भाद्र २० गते बिहान ४ः३० बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षिया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेकी थिईन् । पोष्टमार्टम रिपोर्टका आधारमा आत्महत्या कै कारण मृत्यु भएको प्रहरीले जवाफ दिएपनि मृतकका माईती पक्षले आत्महत्या नभएर हत्या गरिएको आरोप लगाउँदै आएका छन् ।

प्रहरीले सिताको परिवारका अन्य सदस्यलाई समेत सोधपुछ गर्दै गरेको र मृतकी श्रीमान टिका पौडेलले प्रयोग गरिरहेका मोबाईलको प्राबिधिक परिक्षणका लागि प्रहरीको केन्द्रीय ल्यावमा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

सिताकाे मृत्यु प्रकरणकाे निश्पक्ष छानविन र अपराधीलाई कारवाहीकाे माग गर्दै मृतकका आफन्तहरुले लगातार आन्दाेलन गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ४९ बजे

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता