१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

सिद्धार्थ विजनेश ग्रुपको सेवा अव कपिलवस्तुमा पनि



कपिलवस्तु । सिद्धार्थ विजनेश ग्रुपले लुम्बिनी प्रदेशको कपिलवस्तुमा पनि आफ्नो सेवा दिने भएको छ । कपिलवस्तु स्थित लुम्बिनी ग्रीन रिर्सोटसँगको व्यावसायीक साझेदारीमा ग्रुपले कपिलवस्तुमा सेवा दिने भएको हो ।

कपिलवस्तुको चन्द्रौैटा बजार क्षेत्रमा खोलिएको उक्त रिसोर्ट तीन बिगाहा क्षेत्रफलमा ५० करोड लगानीमा निमार्ण भएको विजनेश ग्रुपले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । रिसोर्टमा ३६ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, सोैना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान, स्विमिङ पुल पर्याप्त पार्किङको सुविधा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रिसोर्टले पश्चिम नेपालका प्रमुख पर्यटकिय क्षेत्र र लुम्बिनी देखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि उल्लेख्य भूमिका खेल्ने सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

हस्पिटालिटी क्षेत्रमा नेपालमा पहिचान बनाएको सिद्धार्थ हस्पिटालिटीले नेपालको विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गरेको छ । अध्यक्ष न्यौपानेका अनुसार होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरु सञ्चालन गर्दै आएको सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर कैलालीको टिकापुर, कर्णाली चिसापानी, महेन्द«नगर, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बोैद्घ, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको विर्तामोड, लगायतका स्थानहरुमा २४ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चार तारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा छ । पर्यटकिय स्थल ईलामको फिक्कल र जुम्लामा पनि सिद्धार्थले आफ्नो सेवा विस्तार गर्न लागेको न्यौपानेले जानकारी दिए ।

लामो समय देखी पर्यटन प्रबर्धनमा पछाडि परेको यस कपिलवस्तु जिल्ला सुद्दोधन राजाको दरबार, तिलौराकोट, कपिलमुनी ऋृषिको महत्तव र तपस्या स्थल, साथै ठुला ठुला ताल र अन्न उत्पादनको भण्डार रहेको र अन्य अपार सम्भावना बोकेको हुनाले अब यस जिल्लालाई सिद्धार्थले रोजेको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : ४७ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका