२८ भदौ २०८३, आइतबार | September 13, 2026

बाढी, पहिरो अपडेट : हालसम्म ७७ जनाको मृत्यु, २६ जना बेपत्ता



काठमाडौं । सोमबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार विगत केही दिन यता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर ७७ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् ।
यस्तै २२ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले विपद्का घटनामा परी ज्यान गुमाउनेहरु प्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली तथा परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद् प्रभावितहरुको खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा गरिरहेको समेत मन्त्रालयले जानकारी गराएको छ । मौसमको प्रतिकुलताका बीच आज बझाङ, धनकुटा, इलाम, पाँचथर लगायतका जिल्लाहरुबाट नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरुको उद्धार र राहत सामग्रीको ढुवानी समेत मन्त्रालयले गरेको छ ।

खोज तथा उद्धार र राहतको कार्यलाई अझ प्रभावकारी बनाउन नेपाली सेनाको हेलिकप्टरको अतिरिक्त आवश्यकतानुसार निजी क्षेत्रको हेलिकप्टर समेत प्रयोग गर्ने व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५२ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू