३२ असार २०८३, बिहिबार | July 17, 2026

बेवारिसे बम विस्फोट हुँदा २ जना घाइते



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा २ जना घाइते भएका छन् । विस्फोटबाट सोही नगरपालिका-७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका-६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएको प्रहरीले जनाएको छ ।

प्रत्येक शनिबार सर्वसाधारणका लागि खोल्ने गरिएको उक्त बनमा घाँस काटीरहेको अवस्थामा एक्कासि विस्फोट हुँदा उनीहरु घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेत लगिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये लिलाको अवस्था सामान्य र नरेशको अवस्था बोल्न सक्ने रहेको छ ।

नेपाली सेनासँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ०२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना