२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रदेश १ प्रदेशसभा बैठक ८ दिन स्थगित, मुख्यमन्त्री आचार्यको पद थप केहीदिन सुरक्षित



विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक ८ दिन स्थगित भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न अलगअलग निवेदन दिएपछि प्रदेशसभा बैठक ८ दिन स्थगित भएको हो । प्रदेशसभा बैठक थप ८ दिन स्थगित भएपछि आजै पदच्युतको अवस्थामा पुगेका मुख्यमन्त्री भीम आचार्यको पद केही दिन थप जोगिएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले मागेको विश्वासको मतमाथि आज छलफल र मतदान हुने कार्यसूची रहेको थियो । साढे १२ बजेका लागि बोलाइएको बैठक स्थगित गर्न कांग्रेस र एमालेले माग गरेपछि आचार्यले मागेको विश्वासको मतको छिनोफानो पनि थप आठ दिन पछि सरको छ ।

कांग्रेस तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गरेर आचार्यलाई मत दिने सूचना आएपछि कांग्रेसले बैठक स्थगितको निवेदन दिएको थियो । यस्तै, यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएका कारण कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै सभामुखलाई निवेदन दिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीसँग मौखिक आग्रह अस्वीकार भएपछि कांग्रेसले लिखित निवेदन नै दिएको हो । बैठक स्थगित गर्ने या अघि बढाउने अधिकार सभामुखमा रहन्छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ५३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती