२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप



काठमाडौं । कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो ।

पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन् ।

पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको न्युज कारखानालाई जानकारी दिए । उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए । जसलाई धेरैले मन पराएका थिए ।

भेट्नेवित्तिकै पूर्वयुवराज पारसले आफूलाई फन्नी फन्नी भनेको बताए । ‘साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो । अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी फन्नी किप इट अप । मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर । मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । दले दाइ ९(सुमन कोइराला) र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो । खाजा सँगै खाइयो । जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो,’ भरतमणिले भने ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : २७ बजे

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले