२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

राज्यले सम्पूर्ण विभेदको अन्त्य गर्नुपर्दछ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वका मानिसहरुले विज्ञान प्रविधिको प्रयोग गरीरहदाँ नेपालमा जातीय विभेद कायम रहनु दुखद विषय भएको बताएका छन् । बुधबार आदिबासी जनजाती आयोगको वार्षिक प्रतिबेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले नेपालमा सबै विभेदको अन्त्य गर्नका लागि राज्यले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने बताए ।

उनले समयमा नै राज्यले विभेद अन्त्य गर्ने तर्फ ध्यान पु¥याउन नसकेमा त्यसले व्यवस्था प्रति नै नकारात्मक धारणा बन्न सक्ने चेतावनी दिए । प्रमुख शेरचनले लुम्बिनी प्रदेशमा पनि त्यस्ता विभेद छन् भने त्यसको अन्त्य गर्दै सबै समुदायको विकासका लागि अगाडि बढनुपर्ने बताए ।

वार्षिक प्रतिबेदन बुझाउदै आयोगका अध्यक्ष रामबहादुर थापा मगरले ब्यबस्था परिबर्तनको संघर्षमा आदिबासी जनजातीको ठूलो भुमिका भएको उल्लेख गरे । उनले समतामुलक समाज निर्माणको लागि पनि आदिवासी जनजातीको योगदान ठुलो रहेको दाबी गर्दै राज्यले त्यसलाई सम्बोधन गर्न नसकेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : १७ बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा