१३ असार २०८३, शनिबार | June 27, 2026

टुकी बालेर राज्य पर्खंदै खल्लामुसेटी



महेन्द्रनगर । २०५८ सालमा माओवादी खोज्दै पहिलो पटक प्रहरी पुगेपछि गुमनाम गाउँबारे राज्यले जानकारी पायो । पछिल्ला पाँच वर्षमा खल्लामुसेटीले विकासका प्रयासमा काँचुली फेर्यो ।

बाटो, बिजुली, सञ्चार सुविधा पुगेपछि खल्लामुसेटीवासीको भारतीय परनिर्भरता हटेको थियो । यद्यपि, केही दिनअघिको बाढीले खल्लामुसेटीलाई फेरि उही सेवा र सुविधाविहीन अनकन्टार गाउँमा परिणत गरिदिएको छ । भीमदत्त नगरपालिका-९ को उत्तर चुरे फेदीको सुन्दर गाउँ यतिबेला टुकीको सहारामा छ ।

यो बस्ती २०४२ सालमा बसेको हो । त्यसयताका कठिन दिनहरू सम्झनसमेत गाउँले चाहँदैनन् । त्यतिबेला सदरमुकाम महेन्द्रनगर आउजाउ सहज थिएन । टायरको ट्युबमा महाकाली तरेर किनमेल र रोजगारीका लागि भारतीय बजार टनकपुर र पिथौरागढ पुग्नु बाध्यता थियो ।

स्थानीय गणेश रोकाया सम्झन्छन, “ती दिनहरू त कहाली लाग्दा थिए, सम्झन मन लाग्दैन । हाम्रो गाउँको विकासमा राज्यले विस्तारै ध्यान दिँदै गएको छ ।”

स्थानीयवासी कालुसिंह खड्काका अनुसार, पछिल्लो पाँच वर्षयता मात्रै गाउँको विकासमा राज्यको ध्यान पुगेको हो । पाँच वर्षमा बाटो, बिजुली, खानेपानी र सञ्चार सुविधा पाएको उनको अनुभव छ । सदरमुकाम महेन्द्रनगर र नजिकको बजार ब्रह्मदेवसँग सजिलै पहुँच स्थापित भएको छ ।

खड्का भन्छन, “यसपालिको कात्तिके बाढीले हामीलाई फेरि २० वर्ष पछाडि धकेल्यो ।”

खल्लामुसेटीलाई महाकाली किनारको सडकले सदरमुकामसँग जोडेको थियो । यतिबेलाचाहिँ बाढीले पाँच किलोमिटर सडक बगाएको छ । बिजुलीको पोल ढलेका छन् । सञ्चार सुविधा अवरुद्ध छ ।

स्थानीय धनबहादुर खड्का भन्छन, “हामी फेरि उही पुरानै अवस्थामा फर्किएका छौँ ।” आजको गोरखापत्र दैनिकमा लक्ष्मणदेव पन्तले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : १२ बजे

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई