१६ माघ २०८२, शुक्रबार | January 30, 2026

टुकी बालेर राज्य पर्खंदै खल्लामुसेटी



महेन्द्रनगर । २०५८ सालमा माओवादी खोज्दै पहिलो पटक प्रहरी पुगेपछि गुमनाम गाउँबारे राज्यले जानकारी पायो । पछिल्ला पाँच वर्षमा खल्लामुसेटीले विकासका प्रयासमा काँचुली फेर्यो ।

बाटो, बिजुली, सञ्चार सुविधा पुगेपछि खल्लामुसेटीवासीको भारतीय परनिर्भरता हटेको थियो । यद्यपि, केही दिनअघिको बाढीले खल्लामुसेटीलाई फेरि उही सेवा र सुविधाविहीन अनकन्टार गाउँमा परिणत गरिदिएको छ । भीमदत्त नगरपालिका-९ को उत्तर चुरे फेदीको सुन्दर गाउँ यतिबेला टुकीको सहारामा छ ।

यो बस्ती २०४२ सालमा बसेको हो । त्यसयताका कठिन दिनहरू सम्झनसमेत गाउँले चाहँदैनन् । त्यतिबेला सदरमुकाम महेन्द्रनगर आउजाउ सहज थिएन । टायरको ट्युबमा महाकाली तरेर किनमेल र रोजगारीका लागि भारतीय बजार टनकपुर र पिथौरागढ पुग्नु बाध्यता थियो ।

स्थानीय गणेश रोकाया सम्झन्छन, “ती दिनहरू त कहाली लाग्दा थिए, सम्झन मन लाग्दैन । हाम्रो गाउँको विकासमा राज्यले विस्तारै ध्यान दिँदै गएको छ ।”

स्थानीयवासी कालुसिंह खड्काका अनुसार, पछिल्लो पाँच वर्षयता मात्रै गाउँको विकासमा राज्यको ध्यान पुगेको हो । पाँच वर्षमा बाटो, बिजुली, खानेपानी र सञ्चार सुविधा पाएको उनको अनुभव छ । सदरमुकाम महेन्द्रनगर र नजिकको बजार ब्रह्मदेवसँग सजिलै पहुँच स्थापित भएको छ ।

खड्का भन्छन, “यसपालिको कात्तिके बाढीले हामीलाई फेरि २० वर्ष पछाडि धकेल्यो ।”

खल्लामुसेटीलाई महाकाली किनारको सडकले सदरमुकामसँग जोडेको थियो । यतिबेलाचाहिँ बाढीले पाँच किलोमिटर सडक बगाएको छ । बिजुलीको पोल ढलेका छन् । सञ्चार सुविधा अवरुद्ध छ ।

स्थानीय धनबहादुर खड्का भन्छन, “हामी फेरि उही पुरानै अवस्थामा फर्किएका छौँ ।” आजको गोरखापत्र दैनिकमा लक्ष्मणदेव पन्तले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : १२ बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग