२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनी प्रदेशमा सञ्चारमैत्री विधेयक बन्छ : सञ्चारमन्त्री शर्मा



बुटवल । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा ‘हिमाल’ ले लुम्बिनी प्रदेशमा सञ्चार मैत्री विधेयक निर्माणका लागि सरकारले पहल गर्ने बताएका छन् । संचारलाई अंकुश लगाउने खालको बिधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूचीमा चढिसकेपछि पनि सभामा पेश नगरि पत्रकार महासंघका नेताहरुसँग भेट गरेका मन्त्री शर्माले सञ्चारमैत्री बिधेयक बनाउन पहल गर्ने आश्वासन दिएका हुन् ।

सरकारले प्रस्ताव गरेको सञ्चार विधेयकमा रहेका सञ्चार विरोधी दफाहरुलाई हटाउन र सञ्चामैत्री बनाउन आवश्यक बुँदाहरु समावेश गर्ने सुझाव लिएर सञ्चार मन्त्रालय पुगेका महासंघको लुम्बिनी प्रदेश समितिको टोलीसँग कुरा गर्दै मन्त्री शर्माले पत्रकारहरुका हितमा विधेयक बनाउने कुरामा आफूले सहजीकरण एवं पहल गर्ने बताए ।

टोलीले विधेयकमा समावेश गर्नु पर्ने विषयका बुँदा तयार गरि सञ्चारमन्त्री शर्मालाई बुझाएको छ । महासंघका पदाधिकारीहरु सुरुमा विधेयक फिर्ताको अडानमा रहेपछि सरकार परिवर्तनसँगै विधेयक संशोधनको पक्षमा देखिएका छन् ।

पत्रकार महासंघको टोलीसँग छलफल गर्दै मन्त्री शर्माले भने–’जसको लागि कानून बनाउने त्यही क्षेत्रलाई नै सम्वोधन हुने गरी विधेयक ल्याउन पहल गर्दछु ।’

उनले सबैको छलफल र सहकार्यबाट नै अगाडि विधेयक बढाइने कुरामा पत्रकार महासंघका पदाधीकारीलाई आश्वस्त पार्न खोजेको भेटघाटमा सहभागी एक पत्रकारले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : १९ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर