८ बैशाख २०८१, शनिबार | April 20, 2024

विधान बनाउन ६ हजार प्रतिनिधि डाकेको एमालेले नेतृत्व छान्न १५३६ प्रतिनिधि चयन गर्ने



काठमाडौं । विधान बनाउन ६ हजार बढी प्रतिनिधि भेला गरेको नेकपा एमालेले नेतृत्व चयन गर्न भने १ हजार ५३६ जना मात्र कार्यकर्तालाई महाधिवेशनमा प्रतिनिधि बनाउने भएको छ । अघिल्लो महिना सम्पन्न भएको विधान महाधिवेशनमा ६ हजार बढी पार्टी सदस्यहरुलाई सहभागी बनाएको एमालेले नयाँ नेतृत्व निर्वाचित गर्ने समेत अभिभारा बोकेको दशों महाधिवेशनमा १ हजार ५३६ जना मात्र प्रतिनिधि सभागी गराउने निर्णय गरेको हो । बिहिबार बसेको एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्यालाई खुम्च्याएर १५३६ संख्यामा झारेको हो ।

बैठकले हरेक निर्वाचन क्षेत्रबाट १ हजार ५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोैट गर्ने गरि निर्णय भएको बैठकपछि पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने छन् भने बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने छन् । महाधिवेशनमा ५१ प्रतिशत समावेशी बाट तथा ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको । विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको समेत ज्ञवालीले जानकारी दिए ।

आज बसेको स्थायी कमिटीको बैठकको निर्णयलाई १० बुँदे सहमतिका आधारमा एमालेमा बसेका तेस्रो धारका नेताहरुले भने असन्तुष्टि जनाएका छन् । विधान बनाउन ६ हजार पार्टी सदस्य चाहिने अनी नेतृत्व छान्न १५०० भए पुग्ने ? बैबठकबाट निस्केने क्रममा तेस्रो धारका एक नेताले गुनासो गरे । बैठकमा कोरोनाका कारण अनुपस्थित रहेका उपमहासचिव घनश्याम भुसालले लिखित पत्र पठाउँदै पार्टीभित्र १० बुँदे सहमति लागू नगरेका कारण एमालेको डीएनएमाथि नै आक्रमण हुने स्थिति आएको जनाएका थिए । उनले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै दश बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गर्न माग समेत गरेका छन् ।

बिहीबार बैठकमा चितवनमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारीबारे नेता सुरेन्द्र पाण्डेले रिपोर्टिङ गरेका थिए । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन नारायणी किनारमा उद्घाटन गर्ने र सौराहामा समापन गर्ने पाण्डेले जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : ०२ बजे

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को