७ बैशाख २०८३, सोमबार | April 20, 2026

एएफसी यू-२३ : नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो



काठमाडौं । ताजकिस्तानले एएफसी यू-२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ ।

बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू-२३ टोलीले नेपालको यू-२३ टोलीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्‍यो ।

यससँगै नेपाल एक खेलअघि नै एएफसी यू-२३ एसियन कप छनोटबाट बाहिरिएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

यता, ताजकिस्तानको भने प्रतियोगितामा दोस्रो जित हो । उसले अघिल्लो खेलमा लेबनानलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यता, आजनै भएको समूह बी को खेलमा इरानले लेबनानलाई २-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ताजकिस्तान समूह बी मा ६ अंकका साथ शीर्षस्थानमा छ । समान अंक भएपनि इरान गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

अब, अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दा ताजकिस्तान र इरान समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ०४ बजे

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित,

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई

आरोप अस्वीकार गर्दै गृहमन्त्री गुरुङले भने – ‘छानबिनमा पार्टीलाई सघाउँछु ‘

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानी, स्रोत

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय