२२ भदौ २०८३, सोमबार | September 7, 2026

स्थानीयतहका पदाधिकारीहरु खर्च गर्न असार महिना कुर्ने गरेको गुनासो



बुटवल । विकास निर्माणको काम सम्पन्न गर्न स्थानीय तह असार महिना कुरेर बस्ने गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । गांउपालिका महासंघले लुम्बिनी प्रदेशका स्थानीय सरकारका प्रमुख र उप प्रमुखहरुका बीच आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले साउन देखि जेठ महिना सम्म काम नगर्ने र असार लागेपछि बजेट सक्न हतार गर्ने प्रबृत्तिले स्थानीयतहले गरेको काम गुणस्तरिय नहुने गरेको आरोप लगाए । उनीहरुले स्थानीयतहसँग आम्दानीका श्रोतहरु पर्याप्त भएपनि खर्च योजना र खर्च गर्ने क्षमताको विकास नभएको बताए । असार महिनामा मात्र कारोवार गर्ने गरिएका कारण लुम्बिनी प्रदेशमा मात्र ७५ अर्व रकम स्थानीय सञ्चित कोषमा मौज्दाज रहने अवस्था आएको भन्दै सहभागीहरुले चिन्ता प्रकट गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा केही समस्याहरु उत्पन्न भएको बताए । उनले आगामी दिनमा तीनै तहका सरकारकाबीच व्यवस्थितरुपमा समन्वय हुन सके देखिएका समस्याहरु हल हुने विश्वास व्यक्त गरे ।

गाँउपालिका महासंघका अध्यक्ष मधुकृष्ण पन्थीले केन्द्रले संघीयता र स्थानीय तहलाई खुम्च्याउन खोज्दा बेलाबखत समस्या आउने गरेको बताए । उनले संघीयता पछिको कार्यान्वयनको पहिलो अभ्यास भएकाले कमि देखिएपनि कार्यसम्पादन परिस्कृत हुँदै गएको बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नेपालमा १ प्रतिशत सम्मको बेरुजुलाई ठिकै मानिने भएपनि स्थानीय तहमा ५ प्रतिशत भन्दा बढी बेरुजु हुने गरेको बताएका थिए । उनीहरुले प्रदेश सरकारको दरो भूमिका नदेखिएको, गाँउपालिकामा प्रतिपक्षको कुरा सुन्ने व्यवस्था नहुँदा पारदर्शितामा कमी देखिएको जस्ता गुनासाहरु सुनिने गरेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ३८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार