६ भदौ २०८३, शनिबार | August 23, 2026

बढ्यो पेट्रोल डिजेल र मट्टितेलको मुल्य, खाना पकाउने ग्यासमा पनि मुल्य बढ्याे



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल र मट्टितेलको मुल्य बृद्धि गरिएको जानकारी दिएको छ ।

निगमले नयाँ बढाएको मुल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरिएको हो । नयाँ मुल्य शुक्रबार मध्य राती १२ बजेदेखि लागू हुने विज्ञप्तिमा उल्लेख छ ।

बृद्धि भएको नयाँ मुल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । योसँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ३८ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र