१३ असार २०८३, शनिबार | June 27, 2026

लगातार तेस्रो जितसँगै पाकिस्तान सेमिफाइलन नजिक



काठमाडौं । पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । आसिफ अलीले विस्फोटक ब्याटिङ गरेपछि अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तान सेमिफाइलन नजिक पुगेको हो ।

लगातार तेस्रो जित निकालेको पाकिस्तान सुपर १२ को समूह २ मा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । सुपर १२ मा अब नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी रहेकाले सेमिफाइलन यात्रा लगभग पक्का भएको छ । पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानको पनि सेमिफाइनल सम्भावना बाँकी नै छ ।

दुबइमा पहिला ब्याटिङ गर्दै अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पाकिस्तानले १९ औं ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । अन्तिम २ ओभरको खेल बाँकी छँदा २४ रन चाहिएको अवस्थामा १९ औं आभेरमा आसिफ अलीले ४ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । उनले ७ बलमा २५ रन बनाए ।

यस्तै, कप्तान बाबर अजामले अर्धशतक बनाए । उनले ४७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोडे। यस्तै, फखर जमानले ३० र सोएब मल्लिकले १९ रनको योगदान दिए ।

अफगानिस्तानका लागि रसिद खानले २ विकेट लिए भने मुजिब उर रहमान र जीवन उल हक र कप्तान मोहम्मद नाबीले समान १ विकट लिए । पाकिस्तानविरुद्ध १ विकेट लिएसँगै रसिद खान टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट लिने खेलाडी बनेका छन् । उनले ५३ खेलमा यो उपलब्धि हाँसिल गरेका हुन् ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनायो। कप्तान नाबी र गुल्बाद्दिन नइबले समान ३५ रन बनाउँदा नाजिबुल्लाह जद्रानले २२ र करिम जन्नतले १५ रन बनाए । पाकिस्तानका इमद वासिमले २ विकेट लिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : २५ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को