१ पुस २०८२, मंगलबार | December 16, 2025

बेपत्ता आरोहीको खोजीमा संलग्न अन्तर्राष्ट्रिय माउण्टेन गाइडको उद्धार



सोलुखुम्बु । सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

लेक लागेर बिरामी भएपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिजन दिएर राखिएको थियो । शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई लुक्ला ल्याएर निकोलनिकी अस्पतालमा उपचार गरिएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिए ।

उनका अनुसार सो अस्पतालमा स्वास्थ्य अवस्था सामान्य नबनेपछि उनलाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरमार्फत उद्धार गरी आज नै काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गराएको छ । स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उनको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका– ३ का २९ वर्षीय छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक मेसिनसहित अन्तर्राष्ट्रिय टोली कात्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो ।

उद्धार टोलीले खोजी कार्य जारी राखेको भए पनि बेपत्ता शेर्पाको अवस्था अझै अज्ञात रहेको छ । उक्त टोलीले आइतबार अन्तिम पटक खोजी कार्य गर्ने कम्पनीले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेरापिक आरोहण सकेर फर्कने क्रममा कात्तिक २ गते शेर्पासहित दुई विदेशी र अन्य गरि १० जना पर्यटक हिउँमा फसेका थिए ।

उनीहरुलाई दुई दिनपछि माउण्टेन शेर्पाको टोलीले उद्धार गरी खारेमा ल्याएर हेलिकप्टरमार्फत लुक्ला ल्याइएको थियो । -रासस

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : २५ बजे

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता