१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बलिउडमा डेब्यु गर्दै डेनीका छोरा



काठमाडौं । नेपाली मूलका भारतीय अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्ने भएका छन् । उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ ।

फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन् ।

उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे । ‘मेरो इच्छा थियो, छोरा अभिनयमा ओस भन्ने । उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ’, डेनीले भने । राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय रहेको छ ।

निलेश सहायको निर्देशन रहेको फिल्म एक्सन विधामा रहेर तयार गरिएको छ । फिल्मको एक्सनका लागि विदेशी फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर कायर बेकले स्टन्ट डिजाइन गरेका हुन् । निर्देशक निलेशले ‘स्क्वाड’ भारतको एक्सन फिल्ममा कोसेढुंगा हुने पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ३८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला