२० भदौ २०८३, शनिबार | September 6, 2026

बलिउडमा डेब्यु गर्दै डेनीका छोरा



काठमाडौं । नेपाली मूलका भारतीय अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्ने भएका छन् । उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ ।

फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन् ।

उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे । ‘मेरो इच्छा थियो, छोरा अभिनयमा ओस भन्ने । उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ’, डेनीले भने । राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय रहेको छ ।

निलेश सहायको निर्देशन रहेको फिल्म एक्सन विधामा रहेर तयार गरिएको छ । फिल्मको एक्सनका लागि विदेशी फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर कायर बेकले स्टन्ट डिजाइन गरेका हुन् । निर्देशक निलेशले ‘स्क्वाड’ भारतको एक्सन फिल्ममा कोसेढुंगा हुने पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ३८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा