२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

नेपाल-भारत आवतजावतमा परिचयपत्र व्यवस्था गर्न भारत सरकारलाई प्रस्ताव गर्ने तयारी



काठमाडौं । अफगातिस्तान, म्यानमार लगायतका देशका नागरिकहरु अनाधिकृतरुपमा नेपालमा बस्दै आएको भेटिएपछि नेपालले मित्रराष्ट्र भारतसँग आवतजावतमा परिचयपत्रको व्यवस्था गर्ने प्रस्ताव राख्ने भएको छ । नेपालमा अपगानी नागरिकहरु भारत हुँदै नेपाल भित्रिने गरेको पाइएपछि सरकारले सीमा सुरक्षामा कडाइ गर्दै आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको हो ।

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको महसुस गर्दै नेपाल सरकारले भारत सरकारसमक्ष परिचयपत्रको व्यवस्था प्रस्ताव राख्ने तयारी गरेको गृह मन्त्रालयका एक अधिकारीले बताए । खुला सीमा नाका प्रयोग गर्दै नेपा भित्रिएका अफगानिस्तान, म्यान्मारलगायतका मुलुकबाट नेपाल पसेकाहरूले शरणार्थीका रूपमा नेपालमै बसोबास गर्न थालेको भेटिए लगत्तै गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। छलफलमा सहभागीहरुले नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका थिए । सो छलफलमा दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव आएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले बताए।

दुबै देशले एक अर्काको देशमा आवतजावत गर्दा परिचय पत्रको व्यवस्था गर्दा दुबै देशले नागरिकका लागि सहज हुने सुझावका आधारमा गृहकार्य सुरु भएको प्रवक्ता पोखरेलले बताए । पोखरेलका अनुसार त्यसैको पूर्व तयारीका लागि परराष्ट्र मन्त्रालयको समेत सहभागितामा आइतबार साँझ सुरक्षा समितिको बैठक बस्ने निश्चित भएको छ ।

पछिल्लो समयमा अफगानिस्तानमा भएको सत्ता परिवर्तनपछि भारत हुँदै बेलहिया नाकाबाट अफगानी नागरिक नेपाल पसेको पुष्टी भएको छ । त्यसअघि म्यान्मार, इराकलगायत मुलुकका नागरिक शरणार्थीका रूपमा नेपालमा बस्दै आएको पाईएको थियो ।

अवैध रूपमा नेपाल पसेका अफगानीलगायत विदेशीलाई राष्ट्रसंघको नेपालस्थित शरणार्थी मामिलासम्बन्धी उच्च आयुक्त (युएनएचसिआर) को कार्यालयले शरणार्थीको परिचयपत्र बनादिने गरेको छ । द्वन्द्वग्रस्त देशहरूबाट शरणार्थीका रूपमा नेपाल आएका मानिस आतंकवादी समूहबाट परिचालित हुन पनि सक्ने सुरक्षा निकायले संकेत गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ०० बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा