२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

आजबाट प्रधानन्यायाधीश जबरा विरुद्ध नेपाल बारको चरणबद्ध आन्दोलन (आन्दोलनका कार्यक्रमसहित)



काठमाडौं । पदीय आचरण विपरित काम गरेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले घोषणा गरेको चरणबद्ध आन्दोलन आज (आईतबार)बाट सुरु हुँदैछ ।

प्रधानन्यायाधीश जबराले पदीय गरिमा कायम गर्न नसकेको आरोप लगाउँदै बारले घोषणा गरेको पहिलो चरणको आन्दोलनमा नै जबरालाई पदबाट राजीनामा दिन माग गरिएको छ । सर्वोच्चमा बहस बहिस्कार गरेर आन्दोलीत भएका बार सम्बद्ध कानुन व्यवसायीहरुले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा गरिने विरोध कार्यक्रमको घोषणा गरेका छन् ।

गत शुक्रबार नै आन्दोलन घोषणा गरेको बारले कानुन व्यवसायीलाई आजबाट कालो पट्टी बाँधेर विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

वर्तमान गठबन्धन सरकारमा प्रधानन्यायाधीशको समेत ‘भाग’ राख्न प्रस्ताव राखेको भन्ने खबर सार्वजनिक भएसँगै प्रधानन्यायाधीश जबराको विरोध सुरु भएको थियो । सर्वत्र विरोध भएपछि प्रधानन्यायाधीशका जेठान नाता पर्ने बाँकेका गजेन्द्र हमालले उद्योगमन्त्री पदमा सपथ खाएको ३ दिनमै राजीनामा दिएका थिए

यस्तो छ आन्दोलनको कार्यक्रम :

–मिति २०७८ कार्तिक १४,१५,१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालो पट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।

–मिति २०७८ कार्तिक १६ गते सर्वोच्च अदालत प्रांगणमा धर्ना तथा विरोधसभा गर्ने।

–न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसनको निर्णयको बारेमा ९० वटै बार एकाइहरूमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।

–नेबाएका ९० वटै बार एकाइहरूका अध्यक्ष र सचिवज्यूहरूसँग भर्चुअल छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने।

–उल्लिखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : २८ बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा