२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

कालो पट्टी बाँधेर कानून व्यवसायीहरु प्रदर्शनमा उत्रिए, सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आजदेखि चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।

बारको अगुवाईमा आज सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । कालोपट्टी बाँध्ने विरोधको कार्यक्रम तीन दिन जारी रहनेछ ।

आन्दोलनलाई लक्षित गर्दै सर्वोच्च परिसरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अदालत प्रवेशमा कडाई गरिएको छ । अदालतका कर्मचारी र कानूनव्यवसायीहरुलाई परिचयपत्र देखाएर मात्र परिसरभित्र प्रवेश गर्न दिइएको छ ।

पदीय आचरण विपरित काम गरेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले यही का
ित्तक १२ गते आन्दोलनको घोषणा गरेको हो । राजनीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारले जनाएको छ ।

वर्तमान गठबन्धन सरकारमा प्रधानन्यायाधीशको समेत ‘भाग’ राख्न प्रस्ताव राखेको भन्ने खबर सार्वजनिक भएसँगै प्रधानन्यायाधीश जबराको विरोध सुरु भएको थियो । सर्वत्र विरोध भएपछि प्रधानन्यायाधीशका जेठान नाता पर्ने बाँकेका गजेन्द्र हमालले उद्योगमन्त्री पदमा सपथ खाएको ३ दिनमै राजीनामा दिएका थिए

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : २० बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा