२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सरकारलाई राष्ट्रपति भण्डारीको प्रश्न : लुम्बिनीको विकास गर्न गुरुयोजना किन रोकिएको छ ? आन्तरिक कारण के–हो ?



बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध नेपाल र नेपालीको गारव भएको बताएकी छिन् । गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मेका कारण पनि बुद्धको जन्मस्थल नेपाल र नेपालीको गौरव भएको बताइन् ।

उनले बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न सक्नुपर्ने उल्लेख गर्दै बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न सक्यौँ भने देशको विकास हुने स्पष्ट पारिन् ।’ ‘म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो ।

विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको राष्ट्रपति भण्डारीले दाबी गरिन् । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उनले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सहयोगमा विहार बन्दा आफुलाई खुसी लागेको बताए ।

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । महानगरपालिकाको चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डलद्वार निर्माण भएको बज्राचार्यले जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति भण्डारी आज बिहान ११ बजे हेलिकोप्टरमार्फत लुम्बिनी आएकी हुन् । उनलाई लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदरु डा सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ११ बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा