२० मंसिर २०८२, शनिबार | December 6, 2025

बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन



मनाङ । बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।

दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएकोे र दोस्रोका लागि भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए ।

चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् ।

चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : ३६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय