२१ मंसिर २०८२, आइतबार | December 8, 2025

एमसीसी अनुमोदन नभएकोमा अमेरिकाको चिन्ता



काठमाडौं । संसद्को पछिल्लो अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो ।

अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन नै नगरी अधिवेशन अन्त्य हुनुले नेपालका दसौँ लाख घरपरिवारले एमसीसीबाट पाउने सुविधामा थप ढिलाइ हुन पुग्ने बताएको छ । एमसीसीले सम्झौता अगाडि बढाउने र नबढाउने निर्णय नेपालमै निर्भर रहेको उल्लेख गरेको छ । गत सेप्टेम्बर महिनामा सम्झौता अगाडि बढाउन एमसीसीका उच्च पदस्थ पदाधिकारी नेपाल भ्रमण गरेका थिए ।

उक्त भ्रमणलाई स्मरण गर्दै एमसीसीले सहयोगबारे थप प्रस्ट्याएको उल्लेख गरेको छ । विज्ञप्तिमा गठबन्धनका नेताहरूले अनुमोदनका लागि आवश्यक कदम बुझेको र नेपालको कानुनअनुसार आवश्यक रहेको समेत उल्लेख गरिएको छ । संसद् अधिवेशन अन्त्य भएकै दिन एमसीसी मुख्यालयले विज्ञप्ति जारी गरेको हो ।

अमेरिका र नेपालबीचको विगत ७० वर्षको साझेदारी साझा मूल्य मान्यता, लोकतान्त्रिक विचार र विश्वासमा आधारित रहेको एमसीसीले जनाएको छ । उक्त मान्यता बमोजिम नै अत्यन्तै खाँचो रहेको समयमा सन् २०१५ को भूकम्प र त्यसपछि कोरोना महामारीका बेला अमेरिकाले सहयोग गर्दै आएको जनाएको छ ।

एमसीसी सम्झौता बमोजिम अमेरिकाले नेपाललाई पचास करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउनेछ तर संसदबाट सम्झौता अनुमोदनमा भएको ढिलाइले दुई करोड ३० लाख नेपालीको भरपर्दो ऊर्जा र सुरक्षित सडकमा पहुँच पु(याउने महत्वपूर्ण सहयोग जोखिममा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : २० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब