३ पुस २०८२, बिहिबार | December 18, 2025

देउवा प्रधानमन्त्री बन्दा सेटिङ छैन, संवैधानिक परिषदमा भने सेटिङ छ, छानविन हुनु पर्छ : काँग्रेस वरिष्ठ नेता पौडेल



जनकपुरधाम । प्राय सार्वजनिक कार्यक्रममा काँग्रेस सभापति शेर बहादुर देउवाको आलोचनामा उत्रने गरेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा भने देउवाको बचाउ गरेका छन् । जनकपुरधाम पुगेका बरिष्ठ नेता पौडेलले पत्रकारहरुसँग करा गर्दै देउवा संविधानको ब्याख्या अनुसार नै शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका हुन् । उनले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताउँदै देउवा संविधानत प्रधानमन्त्री बनेको स्पष्ट पारे ।

नेता पौडेलले एमाले अध्यक्ष केपी ओलीले पटक पटक संसद विघटन गरेर सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि अदातको ब्याख्याबाट देउवा प्रधानमन्त्री बनेको जिकिर गरे । ‘केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।’ उनले भने ।

सरकार गठन हुँदा सेटिङ नभएपनि संवैधानिक परिषदमा भने सेटिङ भएको पौढेलले आशँका जताए । उनले संवैधानिक परिषदको सेटिङका विषयमा खोजविन हुनु पर्ने बताए ।

मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

पत्रकारहरुको जिज्ञासामा आफ्नो धारणा राख्दै पौडेलले वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने बताए । उनले संविधान बनाउँदा केही कुरा छुटेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार रहेको दाबी गरे । विगतमा संशोधनको प्रस्ताव गर्दा एमाले नमानेको पौडेलले खुलासा गरे ।

जनकपुरमा मधेसको प्रतिनिधि उपेन्द्र यादवसँग आफूले सम्झौता गरेपछि मुलुकमा संविधानसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको पौडेलको दाबी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ०६ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय