२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

देउवा प्रधानमन्त्री बन्दा सेटिङ छैन, संवैधानिक परिषदमा भने सेटिङ छ, छानविन हुनु पर्छ : काँग्रेस वरिष्ठ नेता पौडेल



जनकपुरधाम । प्राय सार्वजनिक कार्यक्रममा काँग्रेस सभापति शेर बहादुर देउवाको आलोचनामा उत्रने गरेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा भने देउवाको बचाउ गरेका छन् । जनकपुरधाम पुगेका बरिष्ठ नेता पौडेलले पत्रकारहरुसँग करा गर्दै देउवा संविधानको ब्याख्या अनुसार नै शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका हुन् । उनले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताउँदै देउवा संविधानत प्रधानमन्त्री बनेको स्पष्ट पारे ।

नेता पौडेलले एमाले अध्यक्ष केपी ओलीले पटक पटक संसद विघटन गरेर सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि अदातको ब्याख्याबाट देउवा प्रधानमन्त्री बनेको जिकिर गरे । ‘केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।’ उनले भने ।

सरकार गठन हुँदा सेटिङ नभएपनि संवैधानिक परिषदमा भने सेटिङ भएको पौढेलले आशँका जताए । उनले संवैधानिक परिषदको सेटिङका विषयमा खोजविन हुनु पर्ने बताए ।

मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

पत्रकारहरुको जिज्ञासामा आफ्नो धारणा राख्दै पौडेलले वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने बताए । उनले संविधान बनाउँदा केही कुरा छुटेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार रहेको दाबी गरे । विगतमा संशोधनको प्रस्ताव गर्दा एमाले नमानेको पौडेलले खुलासा गरे ।

जनकपुरमा मधेसको प्रतिनिधि उपेन्द्र यादवसँग आफूले सम्झौता गरेपछि मुलुकमा संविधानसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको पौडेलको दाबी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ०६ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल