१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठ्यो : रामचन्द्र पौडेल



जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् ।

सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् ।

संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भुमिका प्रभावकारी रुपमा खेल्न नसकेको उहाँले बताउनुभयो । राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरुले आफ्नो भुमिकालाई प्रभावकारी बनाउन नसकेको पौडेलको भनाइ छ । देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनले बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफु लागि पर्ने पनि बताए । पौडेलले आफुले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिडेको दाबी गरे । उनले भने, – ‘मेरो एजेण्डा नै लोकतन्त्र हो । हामी अझैपनि राजनीतिक कुराकै टुंगोमा अल्मल्लिनुपर्ने यो दुखद कुरा हो । तरपनि अब यसमा हिम्मत हार्नु हुँदैन । हामी राजनीतिक व्यवस्थाको छिनोफानो भइसकेको कुरालाई सुनिश्चितता, यो आएको परिवर्तनलाई जोगाउने काम, आएको परिवर्तन र आएको व्यवस्था, यो व्यवस्थालाई सुनिश्चितता दिने काममा अहिले हामीले काम गर्नुपरेको छ ।’

उनले नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : ०१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम