२१ असार २०८३, आइतबार | July 5, 2026

न्यायाधीसहरुलाई कानून व्यवसायीको खबरदारी – प्रधानन्यायाधीसको राजीनामाबाहेक अन्य विकल्प छैन



काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तत्काल राजीनामा बाहेक अन्य कुनै पनि विकल्प नभएको पुनः प्रष्ट पारेको छ ।

प्रधानन्यायाधीसको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बारसम्बद्ध कानून व्यवासयीहरुले राजीनामा बाहेक अन्य विषयमा सम्झौता नगर्न न्यायाधीसहरुलाई दबाब दिएका छन् ।

तेस्रो दिनको धर्ना कार्यक्रममा बोल्ने कानूनव्यवसायीहरुले प्रधानन्यायाधीस जबराले अनेकौं बहाना बनाएर आफु टिक्न खोजिरहेको आशंका गर्दै उनलाई साथ नदिन न्यायाधीसहरुलाई खबरदारी गरेका हुन् । न्यायायीसहरुले आज पनि जबरासँग छलफल गरेका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले राजीनामा दिनु नै सम्मानजनक बहिर्गमन भएको बताए । श्रेष्ठले महाअभियोग लाग्नुभन्दा अघि नै पद छोड्नुको विकल्प नभएको चेतावनी दिए । जबराले बुधबारसम्म पनि राजीनामा दिएनन भने देशव्यापी आन्दोलनमा जानुपर्ने बताए ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीस राणाको राजीनामा नआए थप कडा आन्दोलन गर्नुको विकल्प नहुने जिकिर गरे । दै आएका छन् ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीसको सम्मानजनक बहिर्गमनको कुरा जालझेल मात्रै भएको टिप्पणी गरे । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने, ‘बारलाई बाइकट गरेर सम्मानजनक बहिर्गमनको डिल गर्न मिल्दैन ।’

अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीले सम्मानजनक बहिर्गमन भनेर अमूर्त कुरा गरेको बताउँदै पद त्याग गरे त्यही नै सम्मानजनक बहिर्गमन हुने बताए ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा राख्न नसकेको, भ्रष्टाचार रोक्न नसकेको जस्ता आरोप लगाउँदै नेपाल बार एशोसिएसनले उनको राजीनमा माग्दै आन्दोलनमा उत्रिएको छ ।

उता सर्वोच्च अदालतकै न्यायाधीसहरु पनि जबराको राजीनामा आउनुपर्ने भन्दै एकसातादेखि इजलास बहिस्कार गर्दै आएका छन् । हिजो बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनवाइ गरेका न्यायाधीसहरुले आज इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीसले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेशी तोकेपछि न्यायाधीसहरु इजलास बहिस्कार गरेर आन्तरिक छलफलमा बसेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १ : ४३ बजे

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर